नेपालमा थप सात जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ सय ९ पुग्यो

  बैशाख २७, २०७७

काठमाडौं, वैशाख २७ : पछिल्लो कोरोना परीक्षणमा नेपालमा थप सात जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एकजना नयाँ कोराना संक्रमित फेला परेका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज संक्रमित पुष्टि हुनेमा उदयपुर झुल्केका १८, ४५ र ६५ वर्षका महिला, कपिलबस्तुका १७, १७ र १८ वर्षका पुरुष र पर्सा छपकैयाका ६२ वर्षीय पुरुष हुनुहुन्छ । यस अनुसार नेपालमा कुल संक्रमित संख्या १ सय ९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

टेकुस्थित राष्ट्रिय प्रयोगशाला र विराटनगरस्थित कोशी अस्पतालमा गरिएको परीक्षणमा ती संक्रमित पुष्टि भएको मन्त्रालयले जनाएको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया