राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

  बैशाख ०४, २०८०

काठमाडौँ, ४ वैशाख : राष्ट्रियसभाको बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रियसभाको बैठक बस्न लागेको संसद् सचिवालयले जनाएको छ ।

यसअघि, गत बिहीबारका लागि बोलाइएको राष्ट्रियसभाको बैठक विशेष कारण देखाएर स्थगित गरिएको थियो ।उक्त स्थगित बैठक आज बस्न लागेको हो ।

आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिल कुमारी रावल थापा पार्वतीले “राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५ ०७६, ०७६ ०७७ र ०७७ ०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्याङ्कन प्रतिवेदन २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

त्यस्तै, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले पूर्व सांसद तेजमान तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयका महासचिव डा।भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया