नेपाल–भारत मैत्रीपूर्ण महिला क्रिकेटमा भारत विजयी

  चैत ०५, २०७९

मोरङ, ५ चैत : विराटनगरमा जारी प्रथम रेडमन्ड नेपाल–भारत मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा भारतको अल इन्डिया वुमन टी–२० क्रिकेट एसोसिएसन छ विकेटले विजयी भएको छ ।

विराटनगर–६ स्थित मेल्बन ज्वाला क्रिकेट खेल मैदानमा भएको प्रतियोगितामा भारतको क्रिकेट एसोसिएसनले नेपाल क्रिकेट क्लब एन्ड एकाडेमी ९विसिसिए० लाई पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा १८ दशमलव २ बलमा सबै विकेट गुमाई ९७ रन बनाएको थियो ।

भारतीय क्रिकेट एसोसिएसनले १९ दशमलव १ बलमा ४ विकेट गुमाई लक्ष्य हासिल गरेको थियो । चार खेलको शृङ्खला १–१ को बराबरी भएको छ । यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले भारतलाई ९ विकेटले पराजित गरेको थियो ।

तपाईको प्रतिक्रिया