अमेरिकन आइडलको टप १० मा उक्लिए दिवेश

  बैशाख २२, २०७७

काठमाडौं, वैशाख २२ : अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलको टप १० मा पर्न सफल हुनुभएको छ । दिभेस पोखरेलले आफनो फेस बुक पेजमा आफू टप टेनमा पुगेकोमा खुशी व्यक्त सहयोग र समर्थन गर्ने सबैलाइ धन्यवाद दिनुभएको छ ।

अमेरिकी आइडलका सुरुका चरणबाटै जजहरुको पर्न सफल पोखरेलले जोन डेनभरको चर्चित गीत कन्ट्री रोड गाउँदा जजहरु निकै प्रशन्न भएको देखिन्थ्यो । दिभेस पोखरेलको सफलताबाट प्रभावित भएर नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलिसीले उनी टप टेनमा पुगेको आफू निकै खुशी भएको ट्वीट मार्फत बताउनु भएको छ ।

टप १० मा छनोट भएपछि दिवेशले आफ्ना समर्थकहरुलाई धन्यवाद दिनुभएको छ । साथै उहाँको यो सफलताले अमेरिकामा रहेका नेपालीलाई गर्ववान्ति बनाएको पनि उल्लेख गर्नुभएको छ । उनले फेसबुकमा स्टाटस लेख्दै संसारभरबाट आफूलाई ठूलो माया र हौसला प्राप्त भइरहेको बताउनु भएको छ ।

‘यो ठाउँमा उभिनु र तपाईंहरुको कानसम्म पुग्नु मेरो सपनाभन्दा बाहिरको कुरा थियो,’ उहाँले भन्नुभयो, ‘मैले गल्लीहरुमा धेरै उत्कृष्ट संगीतकार, गायक देखेँ, थोरै कानहरुसहितका खाली हलहरु देखेँ । अहिले तपाईंहरुका लागि गाउन पाउँदा र मेरो आवाज तपाईंसम्म पुर्‍याउन पाउँदा आफूलाई भाग्यमानी सम्झेको छु । मलाई भोट दिनुहुने सबैप्रति आभारी छु ।’

सन् २०१४ मा उच्च शिक्षा अध्ययनका सिलसिलामा अमेरिका गएका दिवेश संगीतमा समर्पित भएर लागेको दुई वर्ष मात्रै भयो । काठमाडौंको एस कलेज इन्स्टिच्यूटमा व्यवस्थापनमा प्लस टु उत्तीर्ण गरेपछि उनी अमेरिका जानु भएको थियो । जारी अमेरिकन आइडलमा दिवेशको फ्यान फलोइङ उच्च रहेको छ ।

तपाईको प्रतिक्रिया