अष्ट्रेलिया अन्तर्राष्ट्रिय टेष्ट र टी ट्वान्टी वरियतामा शिर्ष स्थानमा उक्लियो

  बैशाख २१, २०७७

काठमाडौं, वैशाख २० : पछिल्लो चार वर्षमा अष्ट्रेलिया पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको टेष्ट वरियतामा शिर्ष स्थानमा उक्लेको छ । सन् २०१६ मा न्युजिल्याण्डलाई हराए यता घरबाहिर एउटै श्रृखंला जित्न नसकेको अष्ट्रेलियाले भारतलाई उछिन्दै शिर्ष स्थानमा पुगेको हो ।

न्युजिल्याण्ड वरियताको दोस्रो स्थानमा उक्लेको छ । भारत भने तेस्रो स्थानमा झर्न पुगेको हो । भारत अक्टोबर २०१६ यता टेष्ट वरियतामा शिर्ष स्थानमा रहेको थियो । अष्ट्रेलियाले टी ट्वान्टी वरियतामा समेत शिर्ष स्थानमा पुगेको छ ।

यसअघि टी ट्वान्टी वरियताको शिर्ष स्थानमा पाकिस्तान रहेको थियो । सन् २०१९ को अन्तर्राष्ट्रिय एकदिवसीय विश्वकप क्रिकेटको उपाधि विजेता इंग्ल्याण्ड भने एकदिवसीय वरियतामा शिर्ष स्थानमा यथावत् छन् ।

तपाईको प्रतिक्रिया