काठमाडौँ,फागुन २६ : आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीले यूएईलाई ५६ रनले पराजित गर्दै विजयी भएको छ ।
कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा आज भएको खेलमा पपुवा न्युगिनीले दिएको दुई सय ४७ रनको लक्ष्य पछ्याएको युएई ४२ दशमलव २ ओभरमा सबै विकेट गुमाउदै १९० रनमा समेटियो ।
युएईका लागि आर्यान लाक्राले ५१ रनको योगदान दिए । तेस्तै कप्तान मुहम्मद वासिमले ४१ रन बनाउँदा जावर फरिद र सीपी रिजवानले समान १९ र १९ रन बनाए ।
पपुवा न्युगिनीका राईली हेकुरेले तीन तथा असद भाला र कबुवा मोरियाले समान दुई र दुई विकेट लिए । सिमो कमिया र नर्मन भानुवाले समान एक र एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ् गरेको पपुवा न्युगिनीले ५० ओभरमा नौ विकेट गुमाएर दुई ४६ रन बनाएको थियोे । पपुवा न्युगिनी लागि सेसे बाउले ८१ रनको योगदान दिए भने किप्लीन डोरिगाले ५५ तथा हिरी हिरीले ७७ रन जोडे ।
युएईका लागि आयान खानले तीन विकेट लिए भने जुनेद सिद्धिकी र जाहोर खानले समान दुई र दुई विकेट लिए । कार्तिक मैयप्पन र रोहन मुस्ताफाले समान एक र एक विकेट लिए ।
विभिन्न सात राष्ट्र सम्मिलित विश्वकप लिग दुईमा पपुवा न्युगिनी ३४ खेलमा ११ अङ्क जोडेर अङ्क तालिकाको अन्तिम स्थानमा रहेको छ । यस हारसँगै युएई ३३ खेलमा ३१ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ ।