प्रा डा रामकेवल साह नेपालको चिकित्सा क्षेत्रमा नाम चलेको व्यक्तित्व हुनुहुन्छ । नेपाल मेडिकल कलेजमा हाडजोर्नी विभागको प्रमुख भएर २० वर्ष शिक्षण कार्य र लामो समय चिकित्सा अभ्यासमा क्रियाशील रहनुभएका उहाँ हाल मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति हुनुहुन्छ । उहाँले मुलुककै चिकित्सा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउनुभएको छ ।
विश्वका विभिन्न देशमा राम्रो अवसर पाउँदा पनि त्यसलाई छाडेर मुलुकको स्वास्थ्य क्षेत्रमा केही गर्नुपर्दछ भन्ने भावना राखेर स्वदेश फर्किनु भएका उहाँले जहिले पनि आम जनतामा कसरी स्वास्थ्यको आधारभूत पहुँच पु¥याउन सकिन्छ भन्नेमा नै आफूलाई क्रियाशील राख्दै आउनु भएको छ । प्रस्तुत छ, नेपालको चिकित्सा क्षेत्रमा भएका विकसित विसङ्गति र राज्यको गैरजिम्मेवारपन तथा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत गरिएका प्रयासका बारेमा प्रतिष्ठानका उपकुलपति प्राडा रामकेवल साहसँग राष्ट्रिय समाचार समितिका आलेख प्रमुख कृष्ण अधिकारी र समाचारदाता सिर्जना राईले गर्नुभएको कुराकानी ः
नेपालमा मेडिकल शिक्षाको अवस्था कस्तो देख्नुहुन्छ रु
विसं २०२९ तिर एमबिबिएस अध्ययनका लागि जनकपुरबाट भारत गएको थिएँ । नेपालमा मेडिकल कलेज नभएका कारण उच्च शिक्षाका लागि छिमेकी देश भारत मेरो रोजाइमा पर्यो । कलेजका एक भारतीय मुलकै साथीले आश्र्चय हुदै प्रश्न गर्नुभयो, “नेपालमा एउटा पनि मेडिकल कलेज छैन रु” मैले उहाँलाई प्रतिप्रश्न गरे, “किन रु” जवाफमा उहाँले भन्नुभयो, “यहाँ ९भारत० को उत्तर प्रदेशमा मात्रै आठ वटा मेडिकल कलेज छन् ।”
आज ५० वर्षसम्म त्यो प्रश्नले मलाई असहज महसुस गराइरहेको छ । भारतमा अध्ययन सकेर नेपाल फर्किंदा हाडजोर्नीका आठ जना चिकित्सक थियौँ । त्यसयता, सरकारी लगानीमा सन् १९७२ मा त्रिभुवन विश्वविद्यालयअन्र्तगत चिकित्सा शास्त्र अध्ययन संस्थानको स्थापना भयो । अहिलेसम्म सरकारका दुई वटा र निजीतर्फ १८ वटा मेडिकल कलेज सञ्चालनमा छन् । नेपाली विद्यार्थीलाई एमबिबिएस अध्ययनकै लागि विदेशिनुपर्ने बाध्यता कम छ । नेपाल मेडिकल काउन्सिलको तथ्याङ्कमा एमबिबिएस उत्तीण हुनेको सङ्ख्या २७ हजार आठ सय पाँच पुगेको छ । बिडिएसमा चार हजार चार सय १३, एमडीएस र एमडी÷एमएसका १० हजार ८० जना दर्ता भएका छन्