क्युबाका केन्द्रीय बैङ्कका अध्यक्ष बर्खास्त

  फागुन ०४, २०७९

क्युबाले केन्द्रीय बैङ्कका अध्यक्षलाई पदबाट हटाएको छ । बैङ्कका अध्यक्ष मार्था सबिना विल्सनको स्थानमा जोकिन अलोन्सो भाजक्वेजलाई नियुक्त गरिएको छ ।

“जनगणतन्त्र क्युवाका राष्ट्रपति मिगुएल डियाज–क्यानेलको अनुरोधमा क्युवाली कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको पोलिटब्युरोको अनुमोदनपछि राज्य परिषद्ले जोकिन अलोन्सो भाज्क्वेजलाई केन्द्रीय बैंकको अध्यक्षमा पदोन्नति गर्न सहमत भएको छ,” क्युवाका सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

उनान्साठी वर्षीय भाज्क्वेजले सन् २०१७ देखि मर्कन्टाइल सोसाइटी अफ क्युबान एक्सचेन्ज हाउस ९क्याडेका० को अध्यक्षका रूपमा काम गर्नुभएको थियो ।

केन्द्रीय बैंकले लण्डनको एक अदालतमा नतिरेको ऋणलाई लिएर उच्च कानुनी लडाईंको सामना गरिरहेको बेला यो निर्णय आएको हो । बैङ्कविरूद्ध क्युवाली लगानी कोष ९सीआरएफ–१०ले क्युबासँग हाल रहेको दुई वटा ऋणको साँवा र ब्याज बापत करिब सात करोड २० लाख अमेरिकी डलर को मुद्दा दायर गरेको छ ।

सिआरएफ–१ का अनुसार बैङ्कले फिडेल क्यास्ट्रो क्युबाका नेता रहेका बेला युरोपका वाणिज्य बैंकबाट ऋण लिएको थियो । क्युवाले उक्त ऋण अवैध भएको र सीआरएफ–१ लाई ‘गिद्धे कोष’ को रुपमा व्याख्या गरेको छ ।

‘गिद्धे कोष’ भनेका सङ्कटग्रस्तसमयका लागि छुट्ट्याइएको ऋण कोष हो, जसले धेरै कमजोर वा डिफल्ट मानिएको ऋणमा लगानी गर्दछ । यदि लन्डनको अदालतमा लगानी कोष कायम भयो भने यसले अन्य व्यावसायिक ऋणदाताहरूका लागि ढोका खोल्न सक्छ । कोषले उनीहरूलाई अरबौं डलर तिर्न बाँकी रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया