अग्रवाल सम्पत्ति शुद्धीकरणको अभियोगमा हिरासतमा

  बैशाख १८, २०७७

काठमाडौं, वैशाख १८ : थर्मल गन कालोबजारीको अभियोगमा प्रहरी हिरासतमा रहेका सुलभ अग्रवाललाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा थुनामुक्त गरे पनि सम्पत्ति शुद्धीकरण सम्बन्धमा अनुसन्धान गर्न आज पुनः पक्राउ गरिएको छ ।

अभियुक्त अग्रवाललाई सम्पत्ति शुद्धीकरण तथा आतङ्वादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा अनुसन्धान गर्ने निकाय सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा आजै पठाइएको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले राससलाई बताउनुभयो ।

कालोबजारी अभियोगमा पक्राउ परेका निजलाई हाल विभागको हिरासतमा राखिएको छ । अब आन्तरिक राजश्व विभागले पनि उनीमाथि अनुसन्धान गर्नेछ । कालोबजारीको आरोप लागेका जोकोहीमाथि ती दुवै विभागबाट बेग्लाबेग्लै अनुसन्धान गर्नुपर्ने कानुनी व्यवस्था भएकाले अदालतलको आदेशपछि निजलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पठाइएको जानकारी उहाँले दिनुभयो ।
इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया