नेपाल निर्माण व्यवसायी महासंघद्वारा राहत माग

  बैशाख १७, २०७७

काठमाडाैं, वैशाख १७ : नेपाल निर्माण व्यवसायी महासंघले मंसिरसम्म निर्माण परियोजनाहरु सञ्चालनमा आउन नसक्ने भन्दै राहतको माग गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) र लक डाउनका कारण लामो समय परियोजनाहरु सञ्चालन हुन नपाएपछि निर्माण व्यवसायमा राहत प्याकेजसहितको आर्थिक व्यवस्थापन गर्न महासंघले माग गरेको हो ।

बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई महासंघको प्रतिनिधिमण्डले भेट गरी ध्यानाकर्षण गराएको छ ।

साथै, महासंघले बुधबार नै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेललाई भेट गरी आसन्न बजेटका लागि सुझाव पेश गरेको महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिनुभयो ।

कोरना भाइरसबाट निर्माण उद्योगमा परेको असर र समस्या समाधानका सम्बन्धमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैंकका गभर्नरलाई जानकारी गराएको उहाँको भनाइ छ ।

महासंघले मंगलबार अर्थमन्त्री युवराज खतिवडालाई भेट गरी आफुहरुका समस्याका बारेमा जानकारी गराएको थियो ।

तपाईको प्रतिक्रिया