पर्यटन प्रवर्द्धन गर्न ‘टुर दि ठाकुरद्वारा’

  माघ २५, २०७९

नेपालगञ्ज,माघ २५ : पर्यटन प्रवर्द्धन गर्न ‘टुर दि ठाकुरद्वारा’ यहाँबाट सुरु हुने भएको छ । साइकल यात्रा अर्थात साइक्लिङमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगञ्जबाट बर्दियाको ठाकुरद्वारासम्म साइकलयात्रा गरिने भएको हो ।

नेपालगञ्ज साइक्लिङ क्लबले आयोजना गर्ने सो यात्रामा करिब तीन सय साइकलयात्री बर्दिया राष्ट्रिय निकुञ्जमा अवस्थित ठाकुरद्वारा पुग्ने क्लबका अध्यक्ष सतिश निरौलाले जानकारी दिनुभयो । यही माघ २६, २७ र २८ गते हुने नेपालगञ्ज साइकल महोत्सवअन्तर्गत ‘टुर दि ठाकुरद्वारा’ र ‘नेपालगञ्ज किड्स रेस’ को पनि आयोजना हुनेछ ।

बागेश्वरी मन्दिरबाट सुरु हुने यात्रा त्रिभुवनचोक, गणेशमान चोक, खजुरामा रहेको सिमसार क्षेत्रबाट बढैयाताल बाँसगढीको ओम केदारेश्वर मन्दिर,सतखलुवा ताल हँुदै ठाकुरद्वारा पुग्ने बताइएको छ ।

अध्यक्ष निरौलाले २७ र २८ गते बर्दिया राष्ट्रिय निकुञ्जको जङ्गल सफारी, हात्ती सफारी र नेपालको लामो गेरुवा कर्णाली पुलको पनि अवलोकन गराउँदै कर्णाली चिसापानीसम्म पु¥याउने योजना भएको बताउनुभयो ।

“यस क्षेत्रको प्रवर्द्धन गर्ने र पर्यावरण पर्यटनको विकासमा टेवा पु¥याउने उद्देश्यले साइक्लिङ कार्यक्रम गर्न लागिएको छ”, उहाँले भन्नुभयो । साइकलयात्रीलाई स्थानीय पर्यटकीय गन्तव्य घुमाउने, स्थानीय परिकार चखाउने र स्थानीय संस्कृतिसँग साक्षात्कार गराउने योजना रहेको उल्लेख गर्दै निरौलाले ‘टुर दि ठाकुरद्वारा’ साइकलयात्रामा भारतको बरेली, ओडिसा, लखनउ, मुम्बई, चण्डीगढ, लुधियाना, पञ्जाब, नैनीताल, दिल्ली र काश्मिरलगायतका सहरबाट आएका अन्तर्राष्ट्रिय साइकलयात्री र राष्ट्रिय साइकलयात्री गरी करिब तीन सय जनालाई ‘सिटी सफारी’ समेत गराइने जानकारी दिनुभयो ।

साइकलयात्राका लागि रुट र त्यसमा आवश्यक पर्ने सबै खालको समन्वय गरिसकेको बताउँदै उहाँले ‘टुर दि ठाकुरद्वारा’ मा अन्तरप्रदेशीय साइकलयात्री र अन्तर्राष्ट्रिय साइकलयात्रीसँगै स्थानीय साइकलयात्री पनि सहभागी हुने उल्लेख गर्नुभयो ।

“साइक्लिङलाई हाम्रो संस्कृति र पर्यटनसँग जोडेर काम गर्ने हाम्रो मुख्य उद्देश्य हो । यस क्षेत्रमा सुरक्षित साइकलयात्रा र सहरमा साइकल लेनको विस्तारका लागि दबाब दिन पनि यस कार्यक्रमले सहयोग पुग्नेछ”, क्लबका अध्यक्ष निरौलाले भन्नुभयो । पर्यावरणमैत्री पर्यटन र संस्कृतिको संरक्षण गर्नु ‘टुर दि ठाकुरद्वारा’ साइकलयात्राको कार्यक्रम रहेको संयोजक प्रदीप सापकोटाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया