वीरगञ्ज, माघ २१ : सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र वीरगञ्ज मीना बजारको आठौँ वार्षिकोत्सवको अवसरमा आज ५९ जनाले रक्तदान गरेका छन् ।
कार्यालय परिसरमा आयोजित कार्यक्रममा ५३ जना पुरुष र ६ जना महिला गरी ५९ जनाले रक्तदान गर्नुभएको सामुदायिक सेवा केन्द्र वीरगञ्जका उपाध्यक्ष प्रमेश सर्राफले जानकारी दिनुभयो ।
रगतको अभाव हुन नदिन रक्तसञ्चार केन्द्रको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गरिएको उपाध्यक्ष सर्राफले बताउनुभयो । रासस