सङ्क्रामक रोग ऐन समसामयिक बनाउन निर्देशन

  बैशाख १४, २०७७

काठमाडौं, वैशाख १४ : राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आजको बैठकले सङ्क्रामक रोग ऐन, २०२० लगायत ऐनलाई समसामयिक बनाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको छ ।

समितिका सभापति पशुराम मेघी गुरुङकोे अध्यक्षतामा आज बसेको बैठकले नेपालको संविधानमा व्यवस्था भएका मौलिक हकहरुसमेत कार्यान्वयन मापन एवं मूल्याङ्कन गर्न आवश्यक देखिएकाले उक्त ऐन समसामियक बनाउन निर्देशन दिएको हो ।

बैठकमा कोरोना भाइरसको विश्वव्यापी महामारी र नेपालमा यसबाट परेको असर तथा समितिमा विचाराधीन नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ का सम्बन्धमा छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया