नेपाल राष्ट्र बैंकले चौथो त्रैमासको ब्याजमा सहुलियत दिने

  बैशाख १४, २०७७

काठमाडौँ, वैशाख १४ : कोरोना भाइरस (कोभिड–१९) बाट अर्थतन्त्रलाई जोगाउन नेपाल राष्ट्र बैंकले चौथो त्रैमासमा तिर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्ने जनाएको छ ।

राष्ट्र बैंकको ६५औं वार्षिकोत्सवको उपलक्ष्यमा लिखित मन्तव्य सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको चौथो त्रयमासमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्न आवश्यक व्यवस्था मिलाइने जानकारी दिएका हुन् ।

उनको वक्तव्यको पूर्ण पाठ गभर्नर कार्यालयले आइतबार सार्वजनिक गरेको छ । कोभिड–१९ बाट बढी प्रभावित क्षेत्रलाई चालू पुँजी कर्जा प्रदान गर्ने व्यवस्थालाई थप सहज बनाउन आवश्यक व्यवस्था मिलाउनुका साथै साना तथा मझौला उद्योग, पर्यटन र कोभिड–१९ को प्रभाव अत्यधिक परेका क्षेत्रमा प्रादेशिक सन्तुलनसमेत कायम हुनेगरी प्रदान गरिने वक्तव्यमा छ ।

यसैगरी सहज उनले ढङ्गले प्रवाह गर्न पुनरकर्जा कार्यविधिमा संशोधन गरी ६० अर्ब रुपैयाँको विद्यमान पुनरकर्जा कोषलाई आवश्यकताअनुसार क्रमशः वृद्धि गर्दै लैजाने बताइएको छ ।

तपाईको प्रतिक्रिया