संक्रमित बिराटनगर कोभिड–१९ अस्पतलामा, परिवारका सदस्य आइसुलेसनमा

  बैशाख १३, २०७७

दमक, वैशाख १३ : झापाको दमकमा एकजनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि शुक्रबार राती नै बिराटनगरस्थित कोभिड १९ अस्पताल लगिएको छ । संक्रमण पुष्टि भएका परिवारका सदस्यहरुलाई भने सरकारी दमक अस्पतालको आइसुलेसनमा राखिएको जनाईएको छ ।

दुवइबाट आएका छोरा, बाबु र आमामा आरडिटी परीक्षणमा पोजेटिभ देखिएपछि उनिहरु सहित घरका सबैलाई दमक अस्पतालको आइसुलेसन वार्डमा राखिएको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताउनु भयो । स्वाब परीक्षणमा अन्यको नेगेटिभ र ६५ बर्षिय बाबुमा भने पोजेटिभ देखिएकाले राती नै दमक अस्पतालको एम्बुलेन्समा हालेर विराटनगर पठाईएको उहाँले बताउनुभयो ।

अहिले पनि दमक अस्पतालमा शंकाश्पद कोरोनाको आशंकामा ६ जनालाई आइसुलेसनमा राखिएको जनाईएको छ । कोरोना संक्रमण भेटिएको गाँउ तथा वडा नं. ३ लाई शिल गरेर आवश्यक स्वास्थ्यकर्मीहरुलाई त्यस क्षेत्रमा पठाईएको नगर प्रमुख ओलीले जानकारी दिनु भएको छ । राती अबेरमात्र रिर्पोट आएकाले विहानै देखि उक्त क्षेत्रमा सर्तकता अपनाईएको छ र हिड्डुलमा प्रतिबन्ध लगाईएको छ, उहाँले भन्नुभयो ।

सिमित स्वास्थ्यकर्मी र परीक्षण गर्ने किट भएकाले प्रदेश सरकारसंग सहयोग माग गरिएको पनि नगर प्रमुख ओलीले बताउनु भयो । आरडिटी परीक्षण र स्वाब संकलन गर्न जनशक्ति थप चाहिने भएकाले प्रदेश र संघीय सरकारलाई यस बिषयमा जानकारी गराएका छौ, ओलीले भन्नुभयो । आवश्यक स्वास्थ्य सुरक्षा सामाग्रिको उपलब्धताका लागि पनि प्रयास भइरहेको उहाँको भनाई छ ।

दमक नगरपालिकाका स्वास्थ्य शाखाका स्वास्थ्य निरीक्षक बद्रि बरालका अनुसार तत्काल काम शुरु गर्नका लागि किट लगायतका स्वास्थ्य सामाग्रिहरु रहेकाले सिल गरिएको क्षेत्रमा स्वास्थ्यकर्मीहरु गएर प्रारम्भिक काम शुरु गरिएको छ । यो भन्दा अघि दमक अस्पतालमा कोरोना जाँच गरिदै आएकोमा अब भने फिल्डमा नै गरिने पनि उहाँले जनाउनु भएको छ ।

दमकमा कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङ अघि बढाइयो
झापाको दमक नपा ३ मा ६२ बर्षिय एक पुरुषमा कारोना भाइरस संक्रमण प्रमाणित भएपछि उनको ‘कन्ट्याक्ट ट्रेसिङ’को काम अघि बढाइएको छ ।

दमक नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रामबृक्ष चौधरीका अनुसार दमक ३ दापगाछी मा संक्रमण देखापरेका बृद्धको घर आसपासका करिव १ सय मिटर भित्रका सर्वसाधारणलाई बिबरण लिने काम आघि बढाइएको छ । दमक नपाले शुक्रबार नै दमक ३ नम्बर वडालाई पुरै शिल गरेर आवतजावत बन्द गरेको छ । १ मिटर आसपासमा संक्रमितको सम्पर्कमा आएका लगभग तीन सय जनामाथि कडा निगरानी बढाइएको छ ।

बृद्धलाई कोरोना संक्रमण उनका ३४ बर्षिय छोराबाट सरेको आंशका गरि उनीहरुको सम्पुर्ण बिबरण संकलन गर्न थालिएको जनाइएको छ । ३४ दिन अघि बैदेशिक रोजगार अन्र्तगत संयुक्त अरव इमिरेटस् (युएइ) दुवईबाट फर्किएका थिए । दमक नपाले बैदेशिक रोजगार बाट आएका सबैको बिबरण खोजी गर्ने क्रममा ३४ बर्षिय युवामा कारोना संक्रमणको परीक्षण गर्दा आरडिटी पोजेटिभ देखिएको थियो ।

तपाईको प्रतिक्रिया