काठमाडौं, वैशाख १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सङ्क्रमित ८१ वर्षीया ज्येष्ठ नागरिक घर फिर्ता भएकामा खुशी व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले कोरोना सङ्क्रमण भएर ठीक भएकामा खुशी व्यक्त गर्दै डिस्चार्ज भएका सबैलाई सुस्वास्थ्यको कामना गर्नुभएको छ ।
“कोरोना सङ्क्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया ज्येष्ठ नागरिक सञ्चो हुुनुभएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोनामुक्त भएकामा सन्तोष लागेको छ”, प्रधानमन्त्री ओलीले आज ट्वीटमार्फत भन्नुभएको छ, “डिस्चार्ज भएका सबैको फेरि एक पटक सुस्वास्थ्यको कामना गर्दछु ।”