डुम्रे, पुस २२ : तनहुँको म्याग्दे गाउँपालिका–७ मा भौगोलिक अवस्था सुहाउँदो अपाङ्गता सहयोगी सामग्री (ह्विलचियर) आविष्कार केन्द्र स्थापना गरिने भएको छ । पुरानो सामग्री पुनःनिर्माण गर्ने र नयाँ उत्पादनको लागि आविष्कार केन्द्र स्थापना गर्ने भएको हो ।
अपाङ्गता भएका व्यक्तिलाई सहयोग पु¥याउने उद्देश्यले आविष्कार केन्द्र स्थापना गर्ने योजनासहित कार्य अगाडि बढाइएको स्थानीयवासी दीपक भण्डारीले बताउनुभयो ।
अपाङ्गता भएका व्यक्तिका लागि ग्रामीण भेगमा ह्विलचियर भूगोल सुहाउँदो नभएपछि अधिकांशले दुःख पाइरहेको अवस्थामा आविष्कार केन्द्र खोल्न लागिएको भण्डारीले बताउनुभयो ।
केन्द्र खुलेपछि अपाङ्गता भएका धेरैलाई राहत मिल्ने हुँदा सहयोग गरिदिन उहाँले सरोकारवाला निकायसँग अपिल गर्नुभएको छ ।
जन्मदिनमा सहयोग
व्यास नगरपालिका–२ निवासी सुप्रभ पराजुलीको जन्मदिन पारेर उहाँका बुबा विष्णु पराजुली तथा आमा शर्मिला पराजुलीले आविष्कार केन्द्रलाई सहयोग गर्नुभएको छ । पराजुली परिवारले आविष्कार केन्द्र स्थापनाको जग बसाल्ने उद्देश्यका साथ आज रु १० हजार एक सय पाँच सहयोग गर्नुभएको छ ।