हेटौंडा, वैशाख ११ : सुरक्षा विधि, उपाय तथा सामाजिक दुरी कायम गरी दैनिक ३ घण्टा सहकारी संस्था खोली सेवा प्रवाह गर्न वाग्मती प्रदेश सरकारले निर्देशन जारी गरेको छ ।
बिहीबार ‘सहकारी संस्थाका लागि अत्यन्त जरुरी’ सूचना जारी गर्दै बढीमा तीन जना कर्मचारीबाट दैनिक ३ घण्टा कार्यालय खोली सेवा दिन निर्देशन दिएको हो ।
लकडाउनका कारण सदस्यलाई पर्न सक्ने आर्थिक समस्याबाट बचाउन बागमती प्रदेश कार्यक्षेत्र रहेको बचत तथा ऋण संस्था खोली सेवा दिन निर्देशन दिएको हो ।
बिहीबार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीले उक्त निर्णय गरेको रजिष्ट्रार केशव खनालले जानकारी दिनुभएको सहकारी खबर अनलाइनमा उल्लेख छ ।