११ बजे मन्त्रिपरिषद् बैठक बस्दै : लकडाउन, कोरोना संक्रमण रोकथामका साथै अध्यादेशका विषयमा छलफल हुने

  बैशाख १२, २०७७

काठमाडौँ, वैशाख १२ : प्रधानमन्त्री केपी शर्मा ‌ओलीले शुक्रबार (आज) बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सरकारले जारी गरेका दुई अध्यादेशबारे आफ्नै पार्टीभित्रबाट विरोध भइरहेको परिप्रेक्ष्यमा उनले यो आकस्मिक बैठक बोलाएका हुन् ।

सत्तारुढ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग बिहीबार बिहानको भेटमा प्रधानमन्त्री ओलीले आफू अध्यादेश फिर्ता लिन तयार रहेको बताएका थिए । बिहीबार नै नेकपाका ६ सचिवालय सदस्यको बैठकले पनि अध्यादेश फिर्ता लिनुपर्ने माग गरेको थियो । कोभिड १९ रोकथामका प्रयास र अध्यादेशलगायत विषयमा मन्त्रिपरिषद्‍मा छलफल हुने एक मन्त्रीले बताए ।

तपाईको प्रतिक्रिया