केही साना मुलुकमा मात्रै कोरोना संक्रमण शून्य

  बैशाख ११, २०७७

काठमाडौं, वैशाख ११ : विश्वव्यापी महामारीको रुप लिएको कोरोनाभाइरस (कोभिड–१९) ले विश्वव्यापी संक्रमण फैल्याइ रहेका बेला केही देशहरुमा पाइला टेक्न पाएको छैन, तर ती देशहरु औंलामै गन्न सकिने छन् ।

करिब पाँच महिना अघि चीनको वुहानबाट मानिसमा संक्रमण सुरु गरेका कोरोना भाइरसले २५ लाखलाई संक्रमित बनाएको छ करिब पौने दुईलाखलाईको ज्यान लिएको छ ।

शुन्य संक्रमण भएका देश मध्ये केही देशहरु चीनसँग सीमाना जोडिएका ठूला देशहरु छन् भने केही स–सानाटापू देशहरु हुन् । ती देशहरू एसिया, एसिया प्रशान्त क्षेत्र र अफ्रिकाका छन् ।

ती देशहरुमा ताजिकिस्तान, उत्तर कोरिया, तुर्किमिनिस्तान, लेसोथो, कोमोरस, मार्सल आइल्याण्ड, भानुआटु, टुभालु,, सोलोमन आइल्याण्ड, पालाओ, सोमाउ, नौउरु, किरीबाटी, माइक्रोनेसिया हुन् ।

एसिया र चीनको छिमेकी देशहरु
संसारको सबैभन्दा बढी देशसँग सिमाना जोडिएको देश चीनबाट शुरु भएको यस भाइरस चीनसँग छिमेकी रहेका प्रायः सबै देशमा पुगे पनि दुईवटा देशहरु बच्न सफल भएकाछन् । चीनको पश्चिमी सिमाना रहेको देश टाजिकिस्तान र उत्तरपूर्वी देश उत्तर कोरियामा कोरोनाभाइरसको कुनै संक्रमण पुष्टिभएको छैन ।

जब कि चीनसँग सीमाना जोडिएका भारतमा करिब छ सयको मृत्यु र १९ हजार संक्रमित भएका छन् । रुसमा चारसय पचास भन्दाबढीको मृत्यु र ५३ हजारलाई संक्रमणभएको छ । र, पाकिस्तानमा नौ हजारभन्दाबढीलाई संक्रमण र एकसय ९२ को मृत्यु भएको छ ।

त्यसैगरी, अफगानिस्तानमा ३६, कजाखास्तानमा १९, किर्गिस्तानमा७, म्यानमार (बर्मा)मा ५ को मुत्यु भएको छ । सोभियत संघबाट टुक्रिएका कजाखास्तान, किर्गिस्तान र ताजिकिस्तान चीनको पश्चिमी सीमामा पर्दछन् । चीनको संक्रमित छिमेकी देशहरु भियतनाम, मंगोलिया, नेपाल, लाओस र भुटानमा भाइरसका कारण कसैको पनि मृत्यु भएको छैन ।

त्यसैगरी, सिमानान जोडिएको पश्चिमी छिमेकी देश तुर्किमिनिस्तानमा पनि भाइरसको संक्रमण पुष्टि भएको छैन । जब कि अन्य छिमेकी मुलुकमा कोरोनाका कारणले धेरैले अकालमा मृत्यु वरणगरिसकेका छन् ।

संक्रमण नभएकाठूला देशहरु
भाइरसबाट संक्रमण नभएका देशहरुमा प्रायः सबै देशहरु टापू राष्ट्रहरुहुन् भने तुर्किमिनिस्तान, ताजिकिस्तान, उत्तर कोरिया र लेसोथो मात्रै ठूला देशहरु हुन् ।

संक्रमण नभएका अफ्रिकी देशहरू
लेसोथो अफ्रिकी महादेशको दक्षिणी अफ्रिकाले चारैतिर घेरिएको भूपरिवेष्टित देश हो । यो देश संवैधानिक राजतन्त्रभएको मुलुक पनि हो, जहाँ २१ लाख जनसंख्या रहेको छ । दक्षिणअफ्रिकामा ३३ सयलाई संक्रमण र ५८ जनाको ज्यान गए पनि त्यसको असर लेसोथोमा परेको छैन । त्यसैगरी,देश पूर्वी अफ्रिकाको सानो टापू देशको मोरसमा पनि भाइरसले खुट्टा टेक्न सकेको छैन ।

एसिया प्रशान्त
अरु सबै देशहरु एसिया प्रशान्त महासागरमा छरिएर रहेका स–सानाटापू राष्ट्रहरु हुन्, जहाँ केही हजारको जनसंख्या मात्र रहेको छ । ती संक्रमित नभएका देशहरुमा मार्सल आइल्याण्ड, भानाआटु, टुभालु, सोलोमन आइल्याण्ड, पालाओ, सोमाउ, नौउरु, किरीबाटी, माइक्रोनेसिया गरी दशवटा देशहरुहुन् ।

तपाईको प्रतिक्रिया