राजधानीका चारवटा मस्जिदको अनुगमन

  बैशाख १०, २०७७

काठमाडौँ, वैशाख १० : काठमाडौँ महानगरपालिकाले राजधानीका चारवटा मस्जिदको मङ्गलबार अनुगमन गरेको छ । महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ लगायतको टोलीले जमातीहरू मस्जिदमा रहे नरहेको बारेमा अनुगमन गरेको हो ।

टोलीले रत्नपार्कस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिद, सुन्धारा र स्वयम्भू भुइँखेस्थित मस्जिदको अनुगमन गरेको थियो । वीरगन्ज–२, छपकैयास्थित जामे मस्जिद र उदयपुरको मस्जिदमा रहेका जमातीमा कोरोना पुष्टि भएपछि उपत्यकामा पनि त्यस्तो अवस्था नआओस् भनेर अनुगमन गरिएको महानगरपालिका प्रमुख शाक्यले जानकारी दिनुभयो ।

मुस्लिम आयोगका अध्यक्ष अन्सारीले पनि बन्दाबन्दीका बेला मस्जिदमा गएर नमाज पढ्न नदिने निर्देशनको पालना गरिएको जानकारी दिनुभयोध्र
 

तपाईको प्रतिक्रिया