धादिङ, कात्तिक २६ : धादिङ जिल्लाको चरौदी भएर बगेको त्रिशूली नदीमा स्वदेशी पर्यटकहरू र्याफ्टिङ गर्न घुइँचो लागेको छ । त्रिशूली र्याफ्टिङलाई नेपालको सबैभन्दा लोकप्रिय ह्वाइटवाटर टुर पनि भनिन्छ ।
विगत केही वर्ष अघिसम्म विशेष गरी विदेशी पर्यटकहरू अत्यधिक रमाउने यस र्याफ्टिङमा अहिले स्वदेशी पर्यटकहरू रमाउन थालेका छन् ।
त्रिशूली नदी काठमाडौंको उत्तरपश्चिममा रहेको हिमालय ताल गोसाइँकुण्डबाट सुरु हुन्छ । पौराणिक कथाअनुसार भगवान् शिवले आफ्नो त्रिशूल चट्टानी पहाडमा छेडेर तीनवटा झरना बनाएका थिए ।
यी तीनै मुहान नदीको पानीको स्रोत भएकाले यसलाई त्रिशूली नदीको नामकरण गरिएको हो ।