‘रेम्डिसिभिर’ औषधि कोरोना संक्रमितको उपचारमा प्रभावकारी

  बैशाख ०६, २०७७

काठमाडौं, वैशाख ६ : कोरोनाभाइरस संक्रमितमा सेवन गराइएको रेम्डिसिभिर औषधीले छिटो निको भएको देखिएको छ । अधिकांश प्रयोगकत्र्ता छिटो निको भइ घर फर्केको स्टाट समाचारलाई उद्धृत गर्दै सीएनएनले उल्लेख गरेको छ ।

प्रयोगशाला परीक्षणमा सहभागी बिरामीमा जटिल प्रकारको श्वासप्रश्वास सम्बन्धी समस्या र ज्वरोको लक्षण देखिएको थियो । तर रेम्डिसिभिर सेवन गरेको सातादिन भित्रै अस्पतालबाट निको भई घर फर्केको प्रयोगशाला परीक्षणको नेतृत्व गरेका चिकित्सकलाई उद्धृत गर्दै स्टाटले उल्लेख गरेको छ ।

“भर्ना भएका हाम्रो अधिकांश बिरामी अस्पतालबाट घर फर्केका छन्, दुईजना बिरामीको मृत्यु भयो,” सिकागो विश्वविद्यालयमा संक्रामक रोग विशेषज्ञ रही प्रयोगशाला परीक्षणको नेतृत्व गर्नुभएका डा. कैथलीन मुल्लैनले भिडियो सन्देशमा बताउनुभएको छ । सीएनएनले प्रतिक्रियाका लागि गरेको आग्रहमा भने उहाँले तात्काल उपलब्ध नहुने बताउनुभएको थियो ।

सिकागो विश्वविद्यालयले भने मुल्लैनको सन्देशमा आशिंक सूचना मात्रै उपलब्ध रहेको जनाएको छ । विश्वविद्यालयले एक वक्तब्य जारी गरी आशिंक रुपमा जारी गरिएको सूचनाले निचोडमा पुग्न नसकिने उल्लेख गरेको छ । रेम्डिसिभिर सेवनको सुरक्षा र प्रभावकारिताबारे अनुसन्धान भइरहेको विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयको वक्तब्यमा उल्लेख गरिएको छ, “आन्तरिक फोरमबाट सहकर्मीको कामको प्रगतिबारे जारी गरिएको सूचना अनाधिकृत हो, वैज्ञानिक रुपमा यस्ता जानकारी अवयस्क र असजिलो हो ।” कोभिड–१९ को स्वीकृत चिकित्सकीय औषधी छैन् । कोभिड–१९ को संक्रमणले केही बिरामीमा निमोनिया र जटिल श्वासप्रश्वासको लक्षण देखिन्छ । तर परीक्षणमा संलग्न राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानले अनेकौं औषधीसँगै रेम्डिसिभिरको परीक्षणको रुपमा प्रयोग गर्दैछ । जिलेड साइन्सेजले उत्पादन गरेको रेम्डिसिभिर इबोला संक्रमणको बेला प्रयोग गरिदा केही मात्रामा मात्रै सफलता प्राप्त गरेको थियो ।

जनावरमा गरिएको अध्ययनले भने कोरोनाभाइरससँग सम्बन्धित कोभिड–१९ सार्स तथा मर्स निर्मूल गरेको पाइएको छ । फेब्रुअरीमा विश्व स्वास्थ्य संगठनले रेम्डिसिभिर कोभिड–१९ विरुद्ध सम्भावित हुने जनाएको थियो । स्टाटले मुल्लैनले सहकर्मीहरुसँग प्रयोगशाला परीक्षण सम्बन्धमा गर्नुभएको भिडियो छलफलको प्रतिलिपि हेर्ेको जनाएको छ ।

उक्त भिडियोमा उहाँले हा्रो अधिकांश बिरामी जटिल अवस्थामा छन् र अधिकांश निको भएर छ दिनमै घर फर्किन लागेको बताउनुभएको थियो । परीक्षणको क्रममा दश दिनसम्म भने बस्ननपर्ने उहाँले भिडियो बहस गरेको देखिन्छ । परीक्षणमा नियन्त्रित समूह समावेश गरिएको छैन्, जसले गर्दा बिरामीलाई छिटो निको हुन मद्दत गरेको भन्न कठीन देखिएको छ ।

औषधीको दर्जनौं प्रयोगशाला केन्द्रमा परीक्षण गरिदैछ । जिलिडले उक्त प्रयोगशाला परीक्षणका लागि विश्वका १५२ केन्द्रका दुई हजार ४०० कोभिड–१९ का संक्रमितलाई समावेश गरेको छ । विश्वका १६९ वटा अस्पतालका एक हजार छ सय हल्का लक्षण देखिएका बिरामीमा समेत उक्त औषधीको परीक्षणको रुपमा प्रयोग गरिएको छ । यसै महिनाको अन्त्यसम्ममा रेम्डिसिभिरको प्रयोगशाला परीक्षणको नतिजा प्राप्त हुने जिलिडले जनाएको छ ।

सीएनएनसँगको सम्पर्कमा कम्पनीले एक वक्तब्यमा भनेको छ –“कोभिड–१९ बाट संक्रमितमा छिटो उपचारको आवश्यकता हामीले महसुस गरेका छौं । परीक्षणबाट निस्केको परिणामका लागि प्रयोगशालामा सेवन गराइएका सबै बिरामीको विश्लेषणसहितको परिणाम आउनु जरुरी हुने कम्पनीको भनाई छ ।

(सीएनएनका लागि मैगी फक्सले तयार गर्नुभएको रिर्पोटको नेपाली अनुवाद गोरखापत्रका इश्वरचन्द्र झाले गर्नुभएको हो ।)

नाेट: काेराेना संक्रमणले विश्व आक्रान्त भएका बेल यसकाे उपचारमा संलग्न चिकित्साकर्मी तथा पाठकलाई जानकारी गराउने उद्देश्यले हामीले संसारभर भएका खाेज र अनुसन्धानका विषय  प्रस्तुत गर्दै आएका छाैं यी औषधिहरू चिकित्सककाे सिफारिस बिना कुनै हालतमा आफैं प्रयाेग नगर्नुहुन अनुराेध छ । -सम्पादक

तपाईको प्रतिक्रिया