सयपत्री र तिहार

  कार्तिक ०६, २०७९

काठमाडौं, कात्तिक ६ : आइतबारदेखि यमपञ्चक सुरु भएको छ। पहिलो दिन कागको पूजा गरिएको छ। तिहारलाई फूलको पर्व मानिन्छ। तिहारमा मखमली र सयपत्रीको फूल सबैभन्दा बढी माग हुन्छ।

राजधानीका मुख्य बजार र चोकका अधिकांश पसलमा बिक्रीका लागि फूल राखिएका छन्। तिहारमा घर तथा पूजाकोठा सजाउनका लागि सयपत्री र मखमली फूलको प्रयोग हुन्छ। काठमाडौंको नयाँ सडक क्षेत्रमा सयपत्री फूलको माला एक हजार रुपियाँदेखि १२ सय रुपियाँसम्ममा बिक्री हुँदै आएको छ। व्यवसायीले तिहारमा मालाको झुप्पाझुप्पा बनाएर बिक्री गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया