काठमाडौँ, असोज २८ : नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ९इन्जा० ले उपचाररत पत्रकार माधव पौडेललाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।
पौडेल लामो समयदेखि मेरुदण्डको समस्याका कारण उपचारत हुनुहुन्छ । नेपाल पत्रकार महासङ्घका केन्द्रिय सदस्यसमेत रहनुभएका पौडेललाई इन्जा एसियाका अध्यक्ष टङ्क पन्त र इन्जा ग्लोबलका सचिव दीपक रिजालले संस्थाको तर्फबाट तत्कालका लागि रु ५० हजार हस्तान्तण गर्नुभएको हो ।
शुक्रबार कपनस्थित उहाँकै निवास पुगेर आर्थिक सहयोग उपलब्ध गराइएको इन्जा एसियाका अध्यक्ष पन्तले जानकारी दिनुभयो । विभिन्न कारणले आर्थिक समस्यामा परेका नेपालका सञ्चारकर्मीहरूलाई संस्थाले आर्थिक सहयोग गर्दै आएको इन्जाका ग्लोबल अध्यक्ष गुणराज लुइँटेलले बताउनुभएको छ ।