र्‍यापिड टेस्टमा पोजेटिभ भेटिएकी महिलाको स्वाब परीक्षणमा नेगेटिभ

  बैशाख ०१, २०७७

गलकोट, वैशाख १ : कोरोनाको द्रुत परीक्षण अर्थात् -यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) मा पोजेटिभ आएको बागलुङ काठेखोला गाउँपालिकाका एक ६५ वर्षीया वृद्धाको स्वाब परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।

आरडिटी पोजेटिभ देखिएको महिलाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखराको कोरोना परीक्षण ल्याबमा पठाइएको थियो । स्वाब परीक्षण गर्दा उक्त महिलाको रिपोर्ट नेगेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले जानकारी दिनुभयो ।

चैत ७ गते भारत तीर्थयात्रा गरेर फर्किनुभएकी महिलाको आइतबार गाउँपालिकामा गरिएको द्रुत परीक्षण (-यापिड डाइगोनोस्टिक टेष्ट) रिपोर्ट पोजेटिभ देखिएको थियो । उहाँलाई जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले आइतबार राति ११ बजे भीमसेन माविको क्वारेन्टाइनमा राखेको छ ।

तपाईको प्रतिक्रिया