बेलायती प्रधानमन्त्री जोन्सन उपचारपछि अस्पतालबाट फिर्ता

  चैत ३०, २०७६

काठमाडौं, चैत ३० : बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन उपचारपछि प्रधानमन्त्रीको सरकारी निवासमा फर्किनुभएको छ । प्रधानमन्त्रीको कार्यालय (डाउनिङ स्ट्रिट) का प्रवक्ताले उहाँ प्रधानमन्त्रीको सरकारी निवासमा आइतबार फिर्ता हुनुभएको बताउनुभएको छ ।

बेलायती प्रधानमन्त्री जोन्सन करिब दुई साता अघि कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो । संक्रमणको पुष्टि भएपछि उहाँ निबासमै आइसोलेशनमा बस्नुभएको थियो । अवस्था सुधार नहुने देखिएपछि गत् साता लण्डनस्थित एक अस्पतालमा भर्ना हुनुभएका उहाँलाई गत् मंगलबार आईसीयूमा राखिएको थियो ।

डाउनिंग स्ट्रिटका अनुसार प्रधानमन्त्री जोनसन अस्पतालबाट लण्डनबाहिर रहेको प्रधानमन्त्रीको सरकारी निवास ‘चेकर्स’ मा फर्किनुभएको छ जहाँ उहाँले बाँकी केही दिन आराम गरी पूर्ण निको हुनुहुनेछ । प्रधानमन्त्री जोन्सनको उपचारमा सम्लग्न चिकित्सकको सल्लाहबमोजिम उहाँ तत्काल काममा फर्किनुहुने छैन ।

तपाईको प्रतिक्रिया