धनगढीको नवजीवनमा डायलाइसिस सेवा

  साउन १७, २०७९

कैलाली, साउन १७ : सुदूरपश्चिम प्रदेशमा पहिलोपटक धनगढीस्थित नवजीवन अस्पतालमा डायलाइसिस सेवा सुरु भएको छ । मार्क इन्टरनेशनल किड्नी सेन्टर र नवजीवन अस्पतालको सहकार्यमा आजदेखि उक्त सेवा सञ्चालनमा आएको हो ।

सुदूरपश्चिमका मिर्गौला बिरामीको सहजताका लागि करिब रु पाँच करोडको लागतमा डायलासिस सेवा सञ्चालन गरिएको नवजीवन अस्पतालका प्रमुख कार्यकारी निर्देशक चक्र कठायतले जानकारी दिनुभयो । पहिलो चरणमा १० शैय्याबाट उक्त सेवा सञ्चालन गरिएको हो ।

“एक महिनामा एक सय २० देखि एक सय ५० बिरामीलाई डायलाइसिस सेवा दिने लक्ष्य छ”, उहाँले भन्नुभयो । एक पटक डायलासिस गरेको रु तीन हजारदेखि रु चार हजारसम्म खर्च लाग्ने डा अर्चनकुमार राणाले बताउनुभयो ।

यसअघि सुदूरपश्चिमका मिर्गौला बिरामीले डायलाइसिस सेवाका लागि सेती प्रादेशिक अस्पतालमा लामो समयसम्म पालो कुर्नुपर्ने तथा काठमाडौँसम्म धाउनुपर्ने बाध्यता थियो ।

तपाईको प्रतिक्रिया