काठमाडौं, साउन १५ : ‘मिसेस नेपाल कल्चर २०२२’ आयोजना हुने भएको छ । आयोजक युहानले एक विज्ञप्तिमार्फत प्रतियोगिताको आवेदन खुल्ला भएको जनाएको छ ।
विवाहित महिलाहरुको अनुभव, परिपक्वता, सिकाइ अझै वृहत र विस्तारित रुपमा अगाडि ल्याएर उहाँहरुको समग्र व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि र सशक्तिकरणमा योगदान पुर्याउने युहान इन्टरनेसनल इभेन्ट्सले प्रतियोगिता आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा जुनसुकै उमेर समूहका विवाहित महिलाले आवेदन दिन सक्नेछन् ।
यस्तै, प्रथम मिस नेपाल रुबी राणा ब्रान्ड एम्बेसडर रहेको यस प्रतियोगिताको पहिलो अडिसन साउन २१ गते हुने भएको छ ।
प्रतियोगिताका विजेताले शिर्ष उपाधि, दुई लाख बराबरको उपहारकासाथै विभिन्न अवसरसमेत प्राप्त गर्नेछन् ।