काठमाडौँ, असार २६ : नेपाल प्रज्ञा–प्रतिष्ठानले आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीका अवसरमा यही असार २९ गते नयाँ पुुस्ताबाट आदिकवि भानुभक्तको रचना वाचनलगायत कार्यक्रम तय गरेको छ ।
आदिकविबारे विद्यालय तहका विद्यार्थी समेतलाई बोध गराउन र उनीहरूकै स्वरबाट भानुको रामायणको श्लोक वाचन कार्यक्रम राखिएको प्राज्ञ सदस्य डा देवी नेपालले जानकारी दिनुभयो । सोही अवसरमा ‘आदिकवि भानुभक्तको जीवनी’ विषयक प्रवचन पनि हुनेछ ।