काठमाडौं, चैत २७ : सरकारले लक डाउनमा काठमाडौंमा रोकिएका व्यक्तिलाई काठमाडौं बाहिर जान चाहेनेलाई भोलि र पर्सी दुई दिन खुला गर्ने विषयमा कुनै निर्णय नभएको बताइएको छ ।
कोभिड १९ संक्रमण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधानमन्त्री इश्वर पोखरेल त्यस किसिमको कुनै निर्णय नभएको आफ्नो फेसबुक मार्फत सार्वजनिक गुर्नु भएको छ ।
यस किसिमको समाचारप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको भन्दै आफ्नो फेसबुक पेजमा पोखरेलले यस कसिमको कुनै निर्णय नभएको, कोभिड १९ को संक्रमणबाट राष्ट्रलाई बचाउनु पर्ने आवश्यकतालाई गम्भीरताका साथ महसुस गरी बन्दाबन्दी (लक डाउन) लाई जारी राखिएको उल्लेख गर्नु भएको छ ।
साथै उहाँले फेसबुक पेजमा लेख्नु भएको छ, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गर्नु भएको सम्बोधनमा समेत यसको बन्दाबन्दीको आवश्यकतालाई गंभीर रुपमा उठाएको र यो कामलाई सकारले मात्र नभएर आम नेपाली नागरिकले समेत उत्तिकै महत्वका साथ लिनु पर्ने आवश्यकता छ ।
उहाँले अगाडि भन्नु भएको छ, यस्तो गम्भीर परिस्थितिमा त्यस किसिमको निर्णय कसरी हनु सक्छ भन्दै सार्वजनिक भएका समाचारमा सत्यता नरहेको स्पष्ट गराउनु भएको छ ।