गाईघाट, चैत २५ : कोरोना भाईरस (कोविड १९) को आशंकामा नमूना सङकलन गरी परीक्षणमा पठाइएका उदयपुरका १३ जनामा भाइरस फेला नपरेको बताइएको छ ।
फ्रान्सबाट आएकी युवतीसँगै कतार एयलाईन्सको विमानबाट उदयपुर आएका लिम्चुङ्गबुङ्ग गाउँपालिकाका युवासहित स्वाब परीक्षणमा पठाइएका जिल्लाका १३ जनाकै रिपोटमा भाइरस नदेखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताउनुभयो ।
परीक्षणका लागि विदेशबाट आएका त्रियुगा नगरपालिकाबाट आठ, लिम्चुङ्गबुङ्ग गाउँपालिकाबाट चार र बेलका नगरपालिकाबाट एकजनाको स्वाब सङ्कलन गरी पठाइएकामा ती सबैको नतिजा यस्तो आएको हो ।
हालसम्म उदयपुर जिल्लामा संक्रमण देखानपरेको जनस्वास्थ्य कार्यालयका प्रमुख सुवेदीले बताउनुभयो ।