हेटौँडा, असार १ : बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले बागमती प्रदेशले ल्याएको बजेटले सबै क्षेत्र समेटेको बताउनुभएको छ ।
बजेट प्रस्तुतपछि प्रतिक्रिया दिने क्रममा उहाँले बजेटले सबै क्षेत्र समेटेको तर कार्यान्वयन गर्न भने समस्या हुने बताउनुभयो । ठूलो आकारको बजेट र सबै क्षेत्र समेटिएको भए पनि प्रदेश सरकारको काम गर्ने समय नै कम भएका कारण कार्यान्वयन हुन कठिन पर्ने उहाँको तर्क छ ।
उहाँले भन्नुभयो, “अब पाँच÷सात महिना बाँकी छ सबै क्षेत्रमा काम गर्छु भनेको छ समय छैन कसरी सम्भव हुन्छ ।” यद्यपि बजेट भने राम्रो भएको उहाँको भनाइ छ ।
नेपाली कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँले प्रस्तुत बजेटले प्रदेशको मुहार फेर्ने बताउनुभयो । शिक्षा, स्वास्थ्य, रोजगार, कृषिलगायतका क्षेत्रमा बजेटले सम्बोधन गरेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “स्वास्थ्य, शिक्षासँगै प्रदेशको राजधानी चक्रपथ र प्रदेशको चक्रपथसमेतको बजेट समेटिएकाले हालको बजेट गाउँमुखी काममुखी भएकाले लक्ष्य हासिल गर्नेछ ।”
विवेकशील साझा पार्टीका सांसद रमेश पौड्यालले प्रस्तुत बजेटमा त्रुटि भएको बताउनुभयो । उहाँका अनुसार प्रदेशको निम्न आय भएको जनतालाई बजेटले नछोएको बताउनुभयो ।
त्यसैगरी रोजगारीका लागि ठोस कुरा नआएको उहाँले बताउनुभयो । साथै नेकपा ९माओवादी केन्द्र० ले मन्त्रालय कटौतीको कुरा गरेको भए पनि बजेट नतोकिएका कारण प्रभावकारी नभएको उहाँको तर्क रहेको छ ।