काठमाडौं, ३० जेठ : एसीसी महिला टी(२० च्याम्पियनसिपका लागि महिला टिम घोषणा भएको छ । असार ३ देखि ११ सम्म मलेसियामा हुने प्रतिायोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले कप्तान रुविना क्षेत्री कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ ।
प्रारम्भिक टिममा बोलाइएका मध्ये सरिता मगर, रोमा थापा, रेमा रावल र इश्वरी विष्ट टिममा पर्न सकेनन् । यू १९ महिला टिमबाट बायाँ हाते मिडियम पेस बलर मनिषा उपाध्याय पहिलो पटक सिनियर टिममा परेकी छिन् । सिनियर टिमबाट राम्रो खेलिरहेकी हिरन्मई टिममा नपर्दा उनले पहिलो पटक टिममा मौका पाएकी हुन् ।
नेपाली महिला क्रिकेटमा उदयीमान लेगस्पिनर हिरन्मई आवश्यक कागजातको अभावमा जान नपाउने भएपछि उनको प्रतिस्थापनको लागि मनिषालाई टिममा राखिएको हो ।