नेसन्स लिग : दोस्रो जितसहित स्पेन शीर्ष स्थानमा, पोर्चुगल पराजित

  जेठ ३०, २०७९

काठमाडौं, ३० जेठ :  युइएफए नेसन्स लिग अन्तर्गत लिग ‘ए’ को खेलमा स्पेनले चेक रिपब्लिकलाई २(० ले पराजित गरेको छ । लिग ‘ए’ को समूह ‘बी’ मा स्पेनको यो दोस्रो जित हो ।

दुई जित र दुई बराबरीपछि ८ अंक जोडेर स्पेन अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ । स्पेनका लागि कार्लोस सोलरले २४औं र पाब्लो सराबियाले ७५औं मिनेटमा गोल गरे । यस समूहको अर्को खेलमा पोर्चुगल स्वीट्जरल्याण्ड्सँग १(० ले पराजित भएको छ । खेलको पहिलो मिनेटमै हरिस सेफेरोभिकले गरेको गोल स्वीट्जरल्याण्डलाई जित दिलाउन निर्णायक बन्यो ।

लगातार तीन हारपछि पहिलो जित निकालेको स्वीट्जरल्याण्डले पहिलो ३ अंक जोडेको छ । टोली अंक तालिकामा अझै पुछारमै छ । पहिलो हार व्यहोरेको पोर्चुगल भने ७ अंकसहित दोस्रो स्थानमा छ ।

 

तपाईको प्रतिक्रिया