नेपाललाई पेट्रोल डिजेल र एलपी ग्यासमुक्त बनाउन आजैबाट लागौँ : थापा

  जेठ २०, २०७९

काठमाडौं । नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले नेपाललाई पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त देश बनाउन लागि पर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको जरुरी सार्वजनिक महत्वको प्रस्ताव माथिको जारी छलफलमा बोल्दै सांसद थापाले महत्वकांक्षी योजना बनाएर मुलुकलाई पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त बनाउनुपर्ने बताए ।

‘आजैबाट महत्वकांक्षी योजना बनाएर हामीले पाँच वर्षमा, छ वर्षमा यसलाई निमिट्यान्न बनाउछौँ भनेर लागि पर्यौँ भने बाँच्छौँ हामी,’ उनले भने, ‘नभए हामीले कर घटायौँ भने एकातिर कर घटायो अर्कोतिर बढाउनु परिहाल्यो । कर घटाउँदा एकैछिनलाई त राहत होला । तर कतै न कतैबाट उही आइपुग्छौँ।’

उनले आयोतको हिस्सा हेर्दा १२ प्रतिशतभन्दा बढी रहेकाले यसलाई नियन्त्रण गर्ने अन्य उपाय नरहेको बताए ।

उनले हालका लागि केही मूल्य घटाएर जनतालाई राहत दिनुपर्ने उल्लेख गरे ।

तपाईको प्रतिक्रिया