म्याड्रिड, चैत २१ : एटलेटिको म्याड्रिडका खेलाडीले आफ्नो तलबबाट ७० प्रतिशत कट्टा गरेर लिन बिहीबार सहमति गरेका छन् । यसअघि बार्सिलोनाका खेलाडीले पनि यस्तै निर्णय गरेका थिए ।
कोरोनो भाइरसकको संक्रमणको महामारीका कारण खेलाडीले यो निर्णय गरेका हुन्। खेलाडीले संक्रमणले प्रभावित महिनामा ३० प्रतिशत मात्र तबल बुझ्ने छन्।
यो एटलेटिकोको पुरुष र महिलाको पहिलो रोजाईको टिम तथा पुरुष बी टिमका खेलाडीमा लागू हुनेछ।
कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित हुने देशमा स्पेन पनि रहेको छ र त्यहाँ यसकै संक्रमणका कारण १० हजार भन्दा बढीको मृत्यु भइसकेको छ।