काठमाडौं, चैत २० : एक महिनाअघि भारतको राजधानी दिल्लीस्थित निजामुदिन तबलिगी जमातमा भाग लिएका अधिकांशमा कोरोना भाइरसको संक्रमण देखा परेको छ ।
जमातमा भाग लिएका करिब चार सय जनालाई कोरोना भाइरस देखिएको छ भने करिब नौ हजारलाई भारत सरकारले क्वारेन्टाइनमा राखेर परीक्षण गरिरहेको छ ।
कोरोना भाइरसको मुख्य केन्द्रको रुपमा परिचित भारतको तमिलनाडुमा फेला परेको ७५ कोरोना भाइरसका विरामी मध्ये ७४ जना जमातमा भाग लिएर फर्केका थिए ।
बुधबार मात्रै अहिलेसम्मकै बढी एकैदिन भारतमा ३०० जना संक्रमित भएको तथ्यांक बाहिर आएको छ । सो भाइरसका कारण अहिलेसम्म दुईहजार संक्रमित र ५० जनाको मृत्यु भइसकेको छ ।
यसैबीच, विहार राज्यमा तीनजना नयाँ संक्रमित फेला परेका छन् । गोपालगन्जका दुई र सिवानका एकजनालाई संक्रमण देखिएको छ भने तीनजना विदेशबाट भारत फर्केका थिए ।