कञ्चनपुर, जेठ ९ : कञ्चनपुरको पुनर्वास नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । प्रमुखमा काँग्रेसका तोयप्रसाद शर्मा विजयी भएका छन् भने उपमेयरमा काँग्रेसकै भुलियाकुमारी राना विजयी भएकी छिन् ।
प्रमुखमा निर्वाचित काँग्रेसका तोयप्रसाद शर्माले १० हजार ६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पदमबहादुर पुजाराले ४६७४ मत प्राप्त गरेको पुनर्वासका निर्वाचन अधिकृत किरण जोशीले जानकारी दिए ।
त्यस्तै उपमेयरमा निर्वाचित रानाले ७३४५ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका धोखे रानाले ५४९२ मत प्राप्त गरेको निर्वाचन अधिकृत जोशीले बताइन् ।