धनुषाको नगराइन प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले

  जेठ ०६, २०७९

धनुषा, जेठ ६ : धनुषाको नगराइन नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ । प्रमुखमा काँग्रेस उम्मेदवार विनयकुमार यादव ५ हजार ५५६ मतसहित निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका रामबाबु पञ्जियारले ५ हजार ५१४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सुदिपकुमार दङ्गालले जानकारी दिनुभयो ।

यसैगरी उपप्रमुखमा एमालेकी राधादेवी यादव ५ हजार ७३० मतसहित निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी रञ्जुकुमारी साहले ५ हजार ५२३ मत प्राप्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया