अन्नपूर्णको मतगणना सञ्चालन

  जेठ ०४, २०७९

बेनी, जेठ ४ : म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको मतगणना कार्य तीन दिनपछि बुधबार दिउँसोदेखि सञ्चालन भएको छ । नेपाली कांग्रेसका उम्मेदवारले वडा नं ३ दानामा खसेको र गणना भएको मत सङ्ख्या फरक परेको भन्दै पुनः मतगणनाको माग गर्दै निवेदन दिएपछि आइतबार दिउँसो १२ बजेदेखि मतगणना रोकिएको थियो ।

निर्वाचन आयोगले सोमबार पुनः मतगणना आवश्यक नदेखिएकाले बाँकी वडाहरुको मतगणना सञ्चालन गराउन निर्वाचन अधिकृतको कार्यालय र सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो । जिल्ला र पालिकास्तरमा राजनीतिक दल र उम्मेदवारसहितको सर्वदलीय, सर्वपक्षीय बैठक बसेर बुधबार दिउँसो १ बजेदेखि मतगणना सुरु गरिएको सहायक निर्वाचन अधिकृत सुरणप्रसाद शर्मा पौडेलले बताए ।

तपाईको प्रतिक्रिया