बर्दियाको राजापुर नगरपालिकामा माओवादी केन्द्र विजयी

  जेठ ०३, २०७९

बर्दिया, जेठ ३ : बर्दियाको राजापुर नगरपालिकामा नेकपा(माओवादी केन्द्र) विजयी भएको छ । नेपाली कांग्रेसका प्रमुख पदका दीपकजङ्ग शाहलाई पराजित गर्दै माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार दीपेश थारू विजयी हुनुभएको छ । नौ हजार ८०७ मत प्राप्त गरी थारू विजयी हुनुभएको हो । नेपाली कांग्रेस दीपकजङ्ग शाहले नौ हजार ७६० मत प्राप्त गर्नुभयो ।

त्यस्तै उपप्रमुखमा माओवादी केन्द्रका मनकलाकुमारी चौधरीले १० हजार ८६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम नेपाली कांग्रेस यशोदा थारूले १० हजार ४५ मत प्राप्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया