मादी गाउँपालिका अध्यक्षमा गठबन्धनबाट कांग्रेसका गुरुङ विजयी

  जेठ ०३, २०७९

कास्की, जेठ ३ : स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्कीको मादी गाउँपालिकाको अध्यक्षमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार देवीजङ्ग गुरुङ विजयी हुनुभएको छ । वैशाख ३० गते सम्पन्न निर्वाचनको आज सार्वजनिक गरिएको अन्तिम मत परिणामअनुसार उपाध्यक्षमा भने नेकपा (एमाले) का कल्पना गुरुङ निर्वाचित हुनुभयो ।

अध्यक्षमा विजयी कांग्रेसका गुरुङले छ हजार ५८४ र उहाँका प्रतिस्पर्धी एमालेका शिवबहादुर गुरुङले पाँच हजार ७५० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत दुर्गाप्रसाद भट्टराईले जानकारी दिनुभयो । यसैगरी उपाध्यक्षमा नेकपा (एमाले)का कल्पनाले पाँच हजार ८२८ मत प्राप्त गरी विजयी हुँदा गठबन्धनका साझा उम्मेदवार नेकपा(माओवादी केन्द्र)का लालबहादुर गुरुङले पाँच हजार ६१६ मत प्राप्त गर्नुभएको छ ।

मादीका १२ वडाहरुमध्येमा कांग्रेसले छ, एमालेले चार र माओवादीले दुई वडा जितेको छ । कांग्रेसले वडा नं १, २, ३, ५, १० र ११, एमालेले वडा नं ४, ६, ८ र ९ तथा माओवादीले वडा नं ७ र वडा नं १२ जितेको छ । कास्कीका पाँच स्थानीय तहहरुमध्येमा अहिलेसम्म मादीसहित, रुपा, अन्नपूर्ण र माछापुच्छ«ेको अन्तिम परिणाम सार्वजनिक भएको छ । रुपा र अन्नपूर्णमा एमाले तथा माछापुच्छ«ेमा कांग्रेसले अध्यक्ष, उपाध्यक्षसहित बहुमत वडामा जित हासिल गरेका छन् । पोखरा महानगरको भने गणना जारी छ ।

तपाईको प्रतिक्रिया