धनुषाको धनौजी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

  जेठ ०३, २०७९

धनुषा, जेठ ३ : धनुषाको धनौजी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसका राजकुमार साह ९९ मत अन्तरले विजयी हुनुभएको छ । साह दुई हजार २६२ मत ल्याएर विजयी हुनु भएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका जीवेन्द्र झाले दुई हजार १६३ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै अध्यक्ष पदमा नेकपा एमालेका रामबाबु साहले एक हजार ४९५ मत र नेकपा एकीकृत समाजवादीका राजकुमार यादवले एक हजार २८९ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा कांग्रेसकी रामवतीदेवी मण्डल दुई हजार ४३० मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालकी रञ्जितादेवी मण्डलले एक हजार ९०१ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेकी रुवदा खातुनले एक हजार ६५९ मत र नेकपा एकीकृत समाजवादीकी निर्मला देवीले एक हजार १२० मत प्राप्त गर्नुभएको छ ।

औरहीमा एमालेका अध्यक्ष र उपाध्यक्ष विजयी

औरही गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवारले विजयी हासिल गर्नुभएको छ । गाउँपालिका अध्यक्षमा उमाशङ्करप्रसाद साह तीन हजार ३२६ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ब्रहमदेव यादव दुई हजार ९२३ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा एमालेकै पूनमकुमारी साह दुई हजार ९४९ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्दी कांग्रेसकी रिङ्कीककुमारी मण्डल दुई हजार ७९० मत प्राप्त गर्नुभएको छ ।

चार वडामा कांग्रेस र दुईमा जसपाका उम्मेदवार निर्वाचित भएका छन् ।

लक्ष्मीनिया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेस विजयी

धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित हुनुभएको छ । अध्यक्ष पदमा कांग्रेसका अध्यक्ष भोगेन्द्र मिश्र तीन हजार ७६५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम जनता समाजवादी पार्टीका उम्मेदवार शत्रुधन यादवले तीन हजार ४९७ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्ष पदमा कांग्रेसका उम्मेदवार फुलकुमारी यादवनी तीन हजार ६२८ मतसहित निर्वाचित हुनुभएको छ भने उहाँका निकटम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका विमलाकुमारी यादवले तीन हजार ४६० मत प्राप्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया