कर्णाली, जेठ ३ : सुर्खेतको चिंगाड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार अध्यक्ष पदमा नेपाली कांगे्रसका डोरप्रसाद शर्मालाई ६१ अन्तरले पराजित गर्दै एमालेका बोधविक्रम जिसी विजयी हुनुभएको हो ।
अन्तिम मत परिणामअनुसार जिसीले तीन हजार ५९१ र शर्माले तीन हजार ५३० मत प्राप्त गर्नुभयो । उपाध्यक्ष पदमा एमालेकै मीनाकुमारी रोकाया विजयी हुनुभएको छ । उहाँले तीन हजार ५८१ र निकटतम प्रतिद्वन्द्वी कांगे्रसकी मनमाया आचार्यले तीन हजार ४६९ मत प्राप्त गर्नुभयो । मनमाया निवर्तमान उपाध्यक्ष हुनुहुन्थ्यो ।
छ वडामध्ये एमाले र कांगे्रसले तीन÷तीन वडामा जित हासिल गरेका छन् । एमालेले वडा नं १, ४ र ५ तथा कांगे्रसले वडा नं २, ३ र ६ मा वडाध्यक्ष जितेका छन् । सुर्खेतका नौ स्थानीय तहमध्ये सबैभन्दा पहिला मत परिणाम सार्वजनिक भएको यो पहिलो गाउँपालिका हो ।