विराटनगर महानगर : प्रमुखमा कांग्रेसको अग्रता, छवटा वडाको परिणाम सार्वजनिक

  जेठ ०३, २०७९

विराटनगर, जेठ ३ : स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका नागेश कोइरालाको अग्रता कायम नै रहेको छ । पछिल्लो मतपरिणामअनुसार प्रमुख पदका उम्मेदवार कोइरालाले नौ हजार र उहाँका प्रतिस्पर्धी नेकपा एमालेका सागर थापाले छ हजार ६६७ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, उपप्रमुखमा नेकपा एमालेका शिल्पा कार्कीले सात हजार ६४६, जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले चार हजार ८४४, राप्रपाका विन्दाकुमारी लुइँटेल आचार्यले दुई हजार ३०२ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले एक हजार ६६९ मत प्राप्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया