सुदूरपश्चिम, जेठ २ : कैलालीको चुरे गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । एमालेका चक्रबहादुर बोगटी तीन हजार ३०५ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का लोकबहादुर सारुमगरले तीन हजार २८१ मत प्राप्त गर्नुभएको छ ।
गाउँपालिकाका उपप्रमुखमा नेपाली कांग्रेसकी धना थापा तीन हजार ४४९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी दीपादेवी साउद तीन हजार १२१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।