नेपालगञ्ज, जेठ १ : बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार प्रशान्त विष्टले अग्रतालाई कायम गर्नुभएको छ । प्रारम्भिक मतपरिणाम अनुसार उहाँले ४१० मत प्राप्त गर्नुभएको छ । यसैगरी नेकपा (एमाले)का पशुपतिदयाल मिश्रले २३८ र राप्रपाका नन्दलाल वैश्यले २१२ मत पाउनुभएको छ । उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का कमरुद्दिन राईले ३०७, राप्रपाकी बिन्दु चर्तीमगरले २५९ र एमालेकी शान्ति ढकालले २२६ मत प्राप्त गर्नुभएको छ । नेपालगञ्जमा अहिलेसम्म वडा नम्बर २३ को मात्र गणर्ना सम्पन्न भएको छ ।
बाँकेको कोहलपुर नगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) को अग्रता कायमै छ । एक हजार मत गणना गर्दा सो पार्टीका उम्मेदवार नरेन्द्र न्यौपानेले ४४२ मत पाउनुभएको छ । एमालेका खिलप्रसाद भुसालले २७३ र कांग्रेसका पूर्ण आचार्यले २३० मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा नेकपा एकीकृत समाजवादीकी नारायणी वलीले २९९, एमालेकी अस्मिता थारुले २९१ र कांग्रेसकी सङ्गीता सुवेदीले २५१ मत पाउनुभएको छ ।
जिल्लाको नरैनापुर गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । दुई हजार सात मतगणना हुँदा अध्यक्ष पदमा कांग्रेसका रामचन्द्र मौर्यले ५८८ मत प्राप्त गर्नुभएको छ ।जसपाका इस्तियाक अहमद साहले ५५७ मत प्राप्त गर्नुभएको छ । एमालेकी पदमावती यादवले ४१० मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा कांग्रेसकी अतिकुन निसाले ४६९ मत प्राप्त गर्नुभएको छ । एमालेका पञ्चराम यादवले ४४२ मत प्राप्त गर्दा जसपाकी जयन्तिदेवी श्रीवास्तवले ३०५ मत प्राप्त गर्नुभएको छ ।
राप्ती सोनारी गाउँपालिकामा एमालेका रामदास थारुले अग्रता कायमै छ । अहिलेसम्म पाँच हजार ८८ मत गणना हुँदा अध्यक्ष पदमा सोही पार्टीका उम्मेदवार थारुले एक हजार ८१८ मत प्राप्त गर्नुभएको छ । कांग्रेसका तप्तबहादुर पौडेलले एक हजार ७४८ मत प्राप्त गर्नुभएको छ । माओवादीका उम्मेदवार पट्टु थारुले ८९५ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत गौरवकुमार लामिछानेले जानकारी दिनुभयो । उपाध्यक्ष पदमा एमालेकी चमेली बागवलले एक हजार ८३४ मत प्राप्त गर्नुभएको छ । कांग्रेसकी मनिषासिंह थारुले एक हजार ७३६ मत प्राप्त गर्नुभएको छ ।
माओवादी केन्द्रकी मञ्जु रोकायले ७३८ मत प्राप्त गर्नुभएको जनाइएको छ । खजुरा गाउँपालिकामा एमालेका उम्मेदवारले अग्रता कायमै राख्नुभएको छ । सो पालिकामा नेपाली कांग्रेस र माओवादीकाबीच गठबन्धन बनेको थियो । अहिलेसम्म एक हजार ६०७ मत गणना हुँदा अध्यक्ष पदमा एमालेका सुमन मल्लले ९४१ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार डम्बर विक तुफानले ५८० मत प्राप्त गर्नुभएको छ ।
उपाध्यक्ष पदमा एमालेकी ताजरुन निसाले ८२६ र गठबन्धनका तर्फबाट कांग्रेसकी मञ्जु मल्लले ६७४ मत प्राप्त गर्नुभएको छ । जिल्लाको डुडुवा गाउँपालिकामा एमालेकी सरोजकुमारी यादवले १४३ मत पाउँदा कांग्रेसका नरेन्द्रकुमार चौधरीले कूल १४० मत प्राप्त गर्नुभएको छ । जसपाका भण्डारीलाल यादवले ४४ मत गर्दा माओवादीले १० मत प्राप्त गरेको छ । डुडुवाको उपाध्यक्ष पदमा एमालेले १४३ र कांग्रेसले १३१, जसपाले ४३ तथा माओवादीले ११ मत प्राप्त गरेको छ ।