बैतडीको पञ्चेश्वर ६ मा गठबन्धनलाई हराउँदै एमालेका पुजारा प्यानल विजयी

  जेठ ०१, २०७९

महेन्द्रनगर, जेठ १ : बैतडीको पञ्चेश्वर गाउँपालिका ६ मा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका राम सिंह पुजारा ४ सय ३१ मत ल्याएर प्यानल सहित निर्वाचित भएका छन् ।

उनले गठबन्धनका उम्मेदवार बलबिर भण्डारी बल्ल्ली भाइलाई पराजित गरेका छन् । उनका प्रतिद्वन्द्वी भण्डारीले २ सय ६२ मत ल्याएका छन् ।

तपाईको प्रतिक्रिया