धनगढी वैशाख ३१ : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेकपा (एमाले) र नेपाली काँग्रेसबीच कडा टक्कर भइरहेको छ।
नगरपालिकाको वडा नम्बर १ को मत गणना जारी रहँदा कांग्रेसका उम्मेदवार हेमराज ओझाले १८४ मत प्राप्त गरेका छन्।
त्यसैगरी नेकपा एमालेका उम्मेदवार लोकेन्द्र पन्तले १८२ मत प्राप्त गर्दा माओवादीका उम्मेदवार जोगराज चौधरिले ९८ मत प्राप्त गरेका छन्।
त्यसैगरी उपमेयरमा पनि नेपाली कांग्रेसको अग्रता कायम गरेको छ। कांग्रेस उम्मेदवार द्रौपती रानाले १७६ मत प्राप्त गर्दा एमाले उम्मेदवार रमिता रानाले १५७ मत र माओवादी केन्द्रकी गिता मल्लले १०३ मत प्राप्त गरेकी छन् ।
वडाध्यक्षमा पनि नेपाली कांग्रेसका उम्मेदवारले सबैभन्दा बढी १९५ मत प्राप्त गरेका छन्।